गाडीको ठक्करबाट सर्लाहीको हरिवनमा एकजनाको मृत्यु

जगत ठाडा मगर
२०७८ माघ १५ | मध्यान्ह ०४:१० बजे

बिनोद मण्डल
सर्लाही, माघ १५ । सर्पाहीको हरिवन नगरपालिका-४ गणेशचोकमा गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ।
नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्व-पश्चिम राजमार्गमा हिँडिरहेका स्थानीय ४५ वर्षीय रामबलि रामलाई शुक्रबार राती साढे ८ बजे नम्बर नखुलेको सवारीले ठक्कर दिएको थियो।
उनको टाउकोमा चोट लागेकाले घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। उनको शव पाष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पताल पठाइएको छ । सवारी साधन रात्री बस हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत विभिन्न स्थानमा रहेको सिसिटिभी फुटेजका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ।





