स्थानीय तहको निर्वाचन मिति घोषणाको माग गर्दै युवा संघको प्रदर्शन

जगत ठाडा मगर
२०७८ माघ १५ | मध्यान्ह ०२:१० बजे

सिरहा, माघ १५ । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन मिति तोक्न आलटाल गरेको भन्दै युवा संघले प्रदर्शन गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल सिरहाले समयमै निर्वाचन हुनुपर्ने र पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्नुपर्ने माग गर्दै संघीय सरकारविरुद्ध गोलबजारमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले ‘स्थानीय तहको चुनाव मिति घोषणा गर, अराजक मन्त्री रेणु यादवलाई बर्खास्त गर, पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर, किसानलाई समयमा मलखाद उपलब्ध गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।
युवा संघका सिरहा संयोजक जयप्रकाश शर्माको नेतृत्वमा गरिएको प्रदर्शनमा एमालेका हजारौं नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।





