समाज

    सप्ताहव्यापी रक्तदान कार्यक्रम आज सिरहाको गोलबजारमा

    जगत ठाडा मगर
    २०७८ माघ १५ | मध्यान्ह १२:१० बजे

      बिनोद मण्डल
      सिरहा, माघ १५ । कोभिड – १९ का कारण उत्पन्न देशमा रगत अभाव पूर्तिका लागि आयोजित सप्ताहव्यापी रक्तदान अभियान अन्तर्गत आज सिरहाको गोलबजार नगरपालिकाको मण्डल फ्रेस हाउस प्राङ्गणमा संचालन गरिएको छ । कार्यक्रममा करिब २०० जनाले रक्त दान गरेका छन् ।

      राष्ट्रिय युवा संघ सिरहाका संयोजक जयप्रकाश शर्माले रक्तदान गर्दै कार्यक्रमको उद्दघाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेश सह इन्चार्ज बैधनाथ शाह, विशिष्ट अतिथि राष्ट्रिय युवा संघ नेपालको प्रदेश सचिव इन्द्रेश राउत र रामस्वरूप सदाय साथै अथितीहरू रामकुमार शाह, शोभा बराललगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

      कार्यक्रममा बोल्दै नेता रामकुमार शाहले पार्टी वरिष्ठ नेता केपी शर्मा ओलीको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै सप्ताव्यापी रक्तदान कार्यक्रम सिराहा जिल्लामा सञ्चालन गरेको बताउनु भयो ।

        कमेन्टहरु