देश

    नवलपुरको कावासोतीमा बदेलको मासुसहित ६ जना पक्राउ

    जगत ठाडा मगर
    २०७८ माघ १५ | बिहान ११:१० बजे

      कावासोती । पुर्बी नवलपरासीबाट बदेलको मासुसहित ६ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेका छन ।

      पक्राउ पर्नेमा ना ३ च ७१८८ नम्बरको चालक पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ९ बस्ने वर्ष ३८ को हेम नारायण मुखिया थारु, सोही पिकअपमा सवार प्रतापपुर ९ कै ४५ वर्षीय प्रभु डुम, ३२ वर्षीय बब्लु डुम, लु २ च ६८९८ नम्बरको चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ बस्ने वर्ष २७ को सुमित काउचर, सोही पिकअपमा सवार प्रतापपुर गाउँपालिका –७ बस्ने वर्ष १८ को अनिल केवट र वर्ष २१ को मुकेश राजभर रहेका छन् ।

      नवलपुर प्रहरीका अनुसार कावासोती नगरपालिका १६ चालिस किलो जंगलको पूर्व–पश्विम राजमार्गमा प्रहरीले चेकिङको क्रममा बदेलको मासुसहित दुई वटा पिकअफ जिप र ६ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

      पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका ना ३ च ७१८८ र लु २ च ६८९८ नम्बरको पिकअप जिपलाई रोकी चेकजाँच तथा खानतलासी गर्ने क्रममा ना ३ च ७१८८ नम्बरको पिकअप जिपमा ४ वटा मृत बदेल र दुई वटा टाउको, लु २ च ६८९८ नम्बरको पिकअप जिपमा ३ वटा मृत बदेल र दुई वटा टाउको समेत बरामद गरेको हो ।

      एउटामा दुई सय तीन केजी मासु र अर्कोमा दुई सय केजी बदेलको मासु बरामद भएको प्रहरीले जनाएको छ । नेपालमा जंगली जनावर बदेल मार्न र खान प्रतिबन्ध लगाइएको छ ।

      बरामद पिकअफ गाडी, बदेल र पक्राउ परेको ६ जनालाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय नवलपुर कावासोतीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

        कमेन्टहरु