राष्ट्रिय युवासंघ नेपालको मधेस प्रदेशको सह संयोजकमा साह चयन


महेश सिंह
सिरहा, माघ १५ । राष्ट्रिय युवासंघ नेपालको पोखरामा बसेको केन्द्रिय कार्यालयको बैठकबाट बहुमतले मधेस प्रदेशको सह इन्चार्जमा बैधयनाथ साहलाई चयन गरेको छ्। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको बृहत भेलाबाट साहलाई चयन गरेका हुन्।
२०६२ सालमा नेपाल कम्युनिस्ट पार्टी एमालेबाट राजनीति यात्रा सुरु गरेका युवा हाल मधेस प्रदेशको सह इन्चार्ज बन्न पुगेका छन् । उनले पार्टीमा सकृय भई विभिन्न प्रस्थितिहरुको सामना गर्दै मुल पार्टी र राष्ट्रिय युवा संघ नेपालको विभिन्न पदको जिम्मेवारी समहाल्दै आएका थिए।
सिरहाको कल्याणपुर नगरपालिका वडा ११ बस्ने राजेन्द्र प्रसाद साह र आमा जिबछी देबी साहको कोखबाट २०३९- ०४-५ गतेका दिन जन्मेका उनी कम्युनिस्ट आन्दोलनमा गरेको अहम् भुमिका जगजाहेर रहेको छ।
केन्द्रिय निर्देशनको सम्झौताले पोखरामा २०७८ पुष २८/२९ गते बसेको सचीवालयको बैठकबाट युवा नेता बैधयनाथ साहलाई केन्द्रिय निर्देशनको सम्झौताले सर्ब सहमतिबाट प्रदेश कमिटीको सह इन्चार्जमा चयन गरेका छन्।
उनले युवा संघको गाउँ कमिटी अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै, जिल्ला कमिटीको सदस्य, युथ फोर्स नेपालको जिल्ला कमिटीको कोरकमिटीको सदस्य हुँदै तत्कालीन युवा संघको निर्वाचित जिल्ला सचिवको जिम्मेवारी सम्हाल्दै, संघको ३ कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय स्थाई कमिटी सदस्य समेत रहनु भएको थियो । साह नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा युवा इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका छन्।





