खेलकुद

    जिम्बाबेका ब्रेन्डन टेलरमाथि आईसीसीको साढे ३ वर्षको प्रतिबन्ध

    जगत ठाडा मगर
    २०७८ माघ १५ | बिहान ०८:१० बजे

      काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भ्रष्टाचार र अवैध औषधि प्रयोगको आरोपमा जिम्बाबेका ब्रेन्डन टेलरमाथि साढे ३ वर्ष प्रतिबन्धको सजाय सुनाएको छ।

      जिम्बाबेका पूर्व कप्तानसमेत रहेका टेलरले प्रतिबन्धित अवधिभर कुनै पनि फरम्याटको क्रिकेट खेल्न सक्ने छैनन्। आईसीसीका अनुसार टेलरले भ्रष्टाचार अन्तर्गत ४ र अवैध औषधि प्रयोगको १ मुद्दामा लागेको आरोप स्वीकार गरेका छन्।

      टेलरले एक भारतीय कारोबारीसँगको भेटमा कोकिन लिएको भन्दै आफूलाई ब्ल्याकमेल गरिएको बताएका छन्। उनले भारतीय सट्टेबाजले आफूलाई फिक्सिङको लागि मोटो रकम दिएको पनि बताएका छन्। उनले पैसा लिए पनि फिसिङ भने नगरेको बताएका छन्।

      अहिले लगाइएको प्रतिबन्धसँगै अब टेलरले सन् २०२५ जुलाई २८ पछि मात्र क्रिकेटसँग सम्बन्धित खेल खेल्न सक्नेछन्।

        कमेन्टहरु