समाज

    अर्घाखाँचीको सितगंगामा तिन दिने आधारभूत फोटो पत्रकारिता तालिमको उद्घाटन

    जगत ठाडा मगर
    २०७८ माघ १४ | मध्यान्ह ०९:१० बजे

      अजय मिश्र
      अर्घाखाँची, माघ १४ । अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं ८ स्थित इभर ल्याण्ड होटलमा तिन दिने आधारभूत फोटो पत्रकारिता तालिमको उद्घाटन भएको छ । शिवराज मिडिया प्रा.लिद्वारा आयोजित तथा कृष्णनगर नगरपालिकाको सहयोगमा नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले तिन दिने पत्रकारिता तालिम उद्घाटन गर्नुभएको हो ।

      कार्यक्रमको अध्यक्षमा शिवराज मिडिया प्रा. का अध्यक्ष मनिष कुमार गुप्ता, प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरी, नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला अध्यक्ष किरण मान बज्राचार्य र अतिथिमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियार, प्रेस सेन्टरका केन्द्रीय सदस्य मनिष कार्की, प्रेस चौतारी कपिलवस्तु अध्यक्ष जानु पाण्डेय, प्रेस युनियनको उपसभापति खग प्रसाद चापागाई रहनुभएको थियो ।

      कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले कार्यक्रम सफलताको कामना गर्दै समाजमा भएका विकासहरूलाई यथार्थ चित्रण गर्ने पत्रकारहरू जनताको आवाज रहेको बताउदै आफूबाट पत्रकारिता विकासमा हुन सक्ने सहयोग गर्ने बताउनुभयो । तिन दिने आधारभूत फोटो पत्रकारिता तालिममा करिब २० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा प्रशिक्षकका रूपमा मनोज पौडेल रहेको आयोजकले जनाएको छ ।

        कमेन्टहरु