उपत्यकाका सीडीओहरुको निर्णय, माघ मसान्तसम्मै विद्यालय र फिल्म हल बन्द

जगत ठाडा मगर
२०७८ माघ १४ | मध्यान्ह ०७:१० बजे

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले विद्यालय माघ मसान्तसम्म नै बन्द राख्ने निर्णय गरेको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम अझै कायम रहेकाले विद्यालय, फिल्म हल र रात्रीकालिन व्यवसायहरु माघ मसान्तसम्म बन्द गर्ने निर्णय सीडीओहरुको बैठकले गरेको हो ।
यसअघि शुक्रबार नै बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले माघ मसान्तसम्म शैक्षिक संस्था, फिल्म हल बन्द राख्ने निर्णय गर्न सिफारिस गरेको थियो ।





