आधारभूत डलकुसन बुनाई सिप विकास तालिम बहादुरगंजमा सम्पन्न


कपिलवस्तु, माघ १४ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगंजमा आधारभूत डलकुसन बुनाई सिप विकास तालिम सम्पन्न भएको छ । सिप सिकौ स्वरोजगार बनौं´भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत १५ दिने तालिम कृष्णनगर नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो ।
उक्त समापन कार्यक्रम वडा अध्यक्ष राम मिलन चौधरीको अध्यक्षतामा तथा विवेक पौडेल, चतुर्भुज कहार, विकास थारुको आतिथ्यतामा सम्पन्न भएको हो । सिप सिकौ स्वरोजगार बनौं´ भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत १५ दिने उक्त तालिमले स्वरोजगार बन्न महत्वपूर्ण भूमिका खेल्ने वक्ताहरूको भनाई थियो ।
१७ जना सहभागी रहेको सो तालिममा लक्ष्मी देवी कुवरले प्रशिक्षण गराएका थिए । कार्यक्रममा व्यवस्थापनको भूमिका उद्यम विकास सहजकर्ता चेतना बुढाथोकीको रहेको थियो । कार्यक्रम संचालन उद्यम विकासकै सहजकर्ता विनिता केसीले गरेका थिए ।





