फेसबुकमा महिलाको नग्न तस्बिर मागेर ‘ब्लाकमेल’ गर्ने युवक बिमानस्थलवाट पक्राउ

जगत ठाडा मगर
२०७८ माघ १४ | मध्यान्ह ०३:१० बजे

काठमाडौं । वैदेशिक रोजगारमा रहदा फेसबुकमार्फत् नग्न तस्बिर मागेर ‘ब्लाकमेल’ गर्ने युवकलाई नेपाल फर्कने क्रममा बिमानस्थलबाट प्रहरीलेपक्राउ गरेको छ।
वैदेशिक रोजगारीबाट फर्किने क्रममा कास्की रुपा गाउँपालिकाका ३१ वर्षीय मुक्ति खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार खनालले फेसबुकमा महिलालाई फ्रेन्ड रिक्वेस्ट पठाइ कुराकानी भएको र त्यसपश्चात ललाइफकाइ नग्न तस्बिर र भिडियो मागेको र त्यसपछि पीडितको श्रीमान र आफन्तजनमा सार्वजनिक गरिदिने धम्की दिएको भन्दै पीडितको उजुरीमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
खनाललाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही हुने प्रहरीले जनाएको छ।





