मुख्य समाचार

    कर्मचारीमा कोरोना देखिएपछि पाल्पा जिल्ला प्रशासनको सेवा आजदेखि स्थगित

    जगत ठाडा मगर
    २०७८ माघ १४ | मध्यान्ह ०२:१० बजे

      पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरेको छ ।

      कार्यालयको नागरिकता विभागमा कार्यरत कर्मचारी कोभिड १९ बाट सङ्क्रमित भएपछि अत्यावश्यक बाहेकका अन्य सेवा स्थगित गरिएको हो ।

      शान्ति, सुरक्षा, मुद्दा, विपत तथा महामारीजन्य सङ्कट व्यवस्थापनका आवश्यक कार्य बाहेक सबै सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

      आजदेखि यही माघ २१ गतेसम्म अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । रासस

        कमेन्टहरु