देश

    दशगजा नजिकै भारतले सडक निर्माण गरेको भन्दै रााष्ट्रिय युवा संघ सुस्ताद्वाारा शान्तिपूर्ण विरोध प्रदर्शन

    जगत ठाडा मगर
    २०७८ माघ १४ | मध्यान्ह ०१:१० बजे

      रामु भुसाल
      भारतले नेपाल भारत सिमाको दशगजा नजिकै बनाउँदै गरेको सडकका कारण नेपाली भुभाग डुबानमा पर्न सक्ने भन्दै रााष्ट्रिय युवा संघ नेपाल सुस्ता गाउ कमिटिले बिहिबार सो क्षेत्रमा शान्तिपूर्ण बिरोध प्रदर्शन गरेको छ ।

      भारतिय पक्षले एक तर्फि रुपमा सडक निर्माण गर्दा सुस्ता गाउपालिकाको वार्ड नं ४ र ५ मा डुबानको खतरा बढेको र निर्माण कार्य तत्काल रोक्नुपर्ने भन्दै राष्ट्रिय युवा संघ नेपाल सुस्ता गाउ कमिटिका अध्यक्ष कमल अमात्यको नेतृत्वमा कमिटिका पदाधिकारी स्थानियबासी लगायतले कालो झण्डा सहित बिरोध जनाएका हुन् ।

      भारत सरकारले अन्र्तराष्ट्रिय कानून विपरित नेपाल भारत सीमा क्षेत्रमा बाँध जस्तै सडक निर्माण गर्दा नेपाली भुभाग डुबानमा पर्ने भन्दै त्यस प्रकारका संंरचना निर्माणमा रोक लगाउन माग गरेका छन् । बिरोध पश्चात कोणसभालाई सम्बोधन गर्दै सांकेतिक रुपमा बिरोध र्‍याली गरिएको र सुनुवाई नभएमा थप विरोधका कार्यक्रमहरु संचालन गरिने कमिटिका उपाध्यक्ष सुवर्ण न्यौपानेले बताउनुभयो ।

      यस अघि पनि नेकपा एमाले पश्चिम नवलपरासीका अध्यक्ष दीपेन्द्र अधिकारीको नेतृत्वमा जिल्लाका पदाधिकारीसहितको टोलीले पश्चिम नवलपरासीस्थित भारतीय सीमामा भारत सरकारले बनाईरहेको निर्माणाधिन उक्त सडक क्षेत्रको स्थलगत अवलोकन पश्चात प्रधानमन्त्री शेर बहादुर देउवालाई प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रमार्फत ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए ।

      नेपालबाट दक्षिणतर्फ बग्ने पानीको निकास नहुने गरी दशगजाबाट नजिकै बाँध जस्तै सडक बनाईएकोले यस क्षेत्रको हजारौँ विघा जमिन डुबानमा पर्न सक्छ । कतै दश मिटर त कतै पचीस मिटरको मात्र दुरीमा सडक बनाईएको र पानीको निकास नराखिएकोले नेपाली बस्ती, नेपाली कृषकले लगाएको खेतीपाती नष्ट हुनुका साथै डुबानका कारण पलायन हुनुपर्ने अवस्था सिर्जना हुन सक्छ ।

      पटकपटक यस विषयमा सरकारको ध्यानाकर्षण गराएपनि सरकारले सुनुवाई नगरेको हुदाँ आन्दोलन गर्न बाध्य भएको कमिटिका अध्यक्ष अमात्यले जानकारी दिनुभयो ।

        कमेन्टहरु