रोजगार

    तिनाउकाे झिगामारामा २ कराेड १० लाख लगानीमा कालिज पालन गर्दै युवा व्यवसाय न्याैपाने

    जगत ठाडा मगर
    २०७८ माघ १४ | मध्यान्ह १२:१० बजे

      पाल्पा । कालिज भन्ने वितिकै हामीलाई जङ्गलमा पाइने कुखुरा प्रजातिकाे चराकाे याद अाउछ । त्यही जङ्गलमा पाइने कालिजलाई व्यवसायीक रूपमा फर्ममा पालन गर्नका लागि कम्मर कसेर लागेको छन, जिल्लाकाे तिनाउ गाउँपालिका झिगामाराका माेतिराम न्याैपाने र माेतिराम गाैतम ! पछिल्लो समयमा युवाहरू स्वदेशमा राेजगारीकाे अवसर छैन भन्दै बैदेशिक राेजगारीकाे खाेजीमा छटपटाइ रहेको बेला नेपालकाे स्वदेशी माटाेमा कर्म गर्न सके कर्म अनुसार फल प्राप्त गर्न सक्ने उदाहरण दिदै दुई युवाहरू मिलि संयुक्त रूपमा कालिज पालन एवम रिर्साेट सञ्चालनमा झुटेका हुन ।

      देशमा बर्तमान परिपेक्षमा मानिसहरू गाउँ छाेडी शहरीकरणकाे प्रभावले गर्दा बजारमा तर्फ बसाइँसराइ गरि जाने प्रचन बढिरहेको बेला दुई व्यवसायीहरू भएको गाउँकाे विकास गर्नका लागि शहर छाडी गाउँमा पुगी व्यवसायीक कृषि एवम रिसाेट सञ्चालनमा गरि रमाएका छन ।

      सञ्चालक माेतिराम गाैतम उमेर ६० बर्ष हुनुभएको छ । उमेरले ६० बर्ष पुगे पनि गाैतमकाे अाट भने नाै जवान युवा भन्दा कम छैन । देशकाे माटाेमा मेहनत गर्न सके सुन फलाउन सकिन्छ भन्ने उदाहरण दिने गाैतमले दुई जना व्यवसायी मिलि २ कराेड १० लाखमा कालिज पालन, लाेकल कुखरा पालन, बाख्रा पालन साथमा रिसाेट सञ्चालन गरेको बताउनुभयो । स्थानीय स्तरमा उत्पादित बस्तुकाे बजारीकरण, पर्यटकहरूलाई स्थानीय स्तरमा उपलब्ध लाेकल खानेकुराहरूकाे टेस्ट प्रदान गर्ने साथ साथै ग्रामीण पर्यटन प्रवद्वन गर्ने हेतुका साथ व्यवसायीक कार्यमा जाेडिएकाे बताउनुभयो ।

      पानस वाल्ड लाइफ एग्राे प्राली नामक कम्पनी दर्ता गरि कालिज २५ सय, बाख्रा ५० वटा, लाेकल कुखरा २ सय साथमा पर्यटकहरूकाे सुविधालाई मध्ये नजर गरि रिसाेट सञ्चालन गरेको बताउनुभयो । वर्तमान परिपेक्षमा मानिसहरू हाे हल्लाबाट टाढा रहि शान्त बाताबरणमा रमाउन एवम मनाेराेम दुश्य सहित गुम्न बस्न मन पराउनेहरूकाे लागि स्थानीय खानेकुराहरूकाे साथमा रिसाेटले सेवा सुविधा पुर्याउने बताउनुभयो । फर्मबाट उत्पादन भएका कालिज, बाख्रा एवम लाेकल कुखुराहरू स्थानीय स्तर, रिसाेट एवम बुटवल बजारमा समेत विक्री हुने गरेको बताउनुभयो । आन्तरिक पर्यटकलाई आकर्षण गरि आम्दानी बढाउने याेजना बनाएकाे सुनाउँदै अहिले ६ वटा काेठा र सभा हल बनाएर पर्यटकलाई सेवा दिने गरि रिर्साेटकाे थालनी गरिएको बताउनुभयाे ।

      माेतिराम न्याैपाने पानस वाल्ड लाइफ एग्राे प्रालीकाे अर्का युवा व्यवसायी हुनुहुन्छ । उमेर उहाँ अहिले ४७ बर्ष हुनुभयो । पहाडी घर बाग्लुङ जिल्ला रहेको पनि हाल मुर्गियामा बस्दै अाउनु भएका न्याैपानेले नयाँ कार्य गर्ने हेतुका साथ व्यवसायीक कालिज पालनमा शुरू गरेको बताउनुभयो ।

      सिद्धान्त राजमार्गबाट झण्डै ९ किलोमिटरकाे दुरीमा रहेको उक्त रिर्साेट एवम कालिज पालन व्यवसायमा झण्डै अाधा घण्टामा पुग्न सकिने बताउनुभयो । उहाले भन्नू भयाे “सिर्द्धार्थ राजमार्गबाट धेरै टाढा छैन, सडक अवस्था नाजुक छ । सडक राम्रो भएमा झण्डै १५ मिनेटमा अाइपुग्न सकिन्छ । हामी गाउँपालिकालाई सडक सुधारकाे लागि भनेका छाै र गाउँपालिकाले सडक स्तरउन्नतीकाे लागि बजेट बिनियाेजन भएकाे जानकारी दिएको बताउनुभयो ।” तिनाउकाे वडा न १ मा रेन्बाे पार्क निर्माण भएकोले साेही पार्कमा अवस्थित भ्यु पाेइन्ट निर्माण भइरहेको बेला चहल पहल बढ्दै अाएकाे न्याैपाने बताउनुभयो । उक्त स्थानबाट बुटवल बजारकाे अवलाेकन गर्न सकिने र पिकनिक खान, घुम्नकाे लागि उपयुक्त स्थान रहेको बताउनुभयो ।

      गाउँपालिकाले हाल पार्क निर्माण गरिरहेकाेले पर्यटकहरूकाे अागमनमा वृद्धि भएको बताउदै उक्त पार्कमा अाउने पर्यटकहरूलाई स्थानीय स्तरमा उपलब्ध हुने लाेकल प्रजातिका खानेकुरा उपलब्ध गराउने बताउनुभयो । पार्कमा घुम्नकाे लागि बुटवल,भैरहवा लगायतका स्थानहरूबाट पर्यटकहरू अाउने गरेको बताउनुभयो । पछिल्लो समयमा मानिसहरू बढ्दाे सहरीकरणले गाउँघर छाडी बजार तर्फ बसाइँसराइ गर्ने प्रचलन बढिरहेको बेला गाउँमा खेर गएकाे जमिनकाे सदुपयोग गर्ने स्थानीय स्तरमा पर्यटन प्रबर्द्धक गर्नकाे लागि व्यवसाय सञ्चालन गरेको बताउनुभयो । हाल फर्ममा हेचरिङ्ग मेसिन मार्फत कालिजका चल्ला उत्पादन गरिएको बताउनुभयो । शुरूवातकाे चरणमा कालिजका चल्लाहरू लिनकाे लागि पाेखरा, काठमाडौ लगायतका स्थानमा जानुपर्ने बाध्यता रहेता पनि हाल अाफ्नै फर्ममा हेचरिङ्ग गरि चल्दा उत्पादन गरिएकाे र अन्य स्थानहरूमा समेत कालिजका चल्लाहरू पुर्याउदै अाएकाे बताउनुभयो ।

      तिनाउकाे वडा न १ झिगामारामा युवाहरूले सञ्चालन गरेको कालिज पालन व्यवसाय एवम रिसाेटकाे शुभारम्भ गाउँपालिका अध्यक्ष अाेम बहादुर घर्ती मगरले गर्नुभएको थियाे । रिसाेट उद्वघाटन गर्दै गाउँपालिका अध्यक्ष घर्ती मगरले स्थानीय स्तरमा सञ्चालित कालिज फर्म एवम रिसाेटले स्थानीय पर्यटन प्रवर्धनकाे लागि मेरूदण्डकाे कार्य गर्ने बताउनुभयो । तिनाउ गाउँपालिकाले झिगामारामा पर्यटन प्रवर्द्वधकाे सम्भावना रहेकोले गाउँपालिकाकाे लगानीमा पार्क निर्माण एवम टावर निर्माण कार्य सञ्चालन गरेको बताउनुभयो ।

      उक्त स्थानमा पिकनिक खान, गुम्नकाे लागि अान्तरिक पर्यटकहरूकाे अागमनमा वृद्धि भइरहेको परिस्थितिमा गाउँपालिकाले पर्यटन प्रर्वद्वनकाे कार्य गरेको बताउनुभयो । उक्त स्थानबाट बुटवल बजारकाे प्रत्यक्ष रूपमा अवलाेक गर्न सकिने भएकोले पर्यटकहरूकाे अागमनमा वृद्धि भइरहेको समयमा गाउँपलिकाले सडक स्तउन्नतीकाे लागि बजेट विनियोजन गरेको बताउनुभयो ।

      युवा व्यवसायीहरूले स्थानीय स्तरमा व्यवसाय सञ्चालन गरेकोले ग्रामीण पर्यटन प्रवद्वनमा ठुलाे सहयोग पुग्ने बताउनुभयो । रिसाेर्ट सञ्चालनले गाउँकाे उत्पादन गाउँमै बिक्री हुने र स्थानीयहरुले राेजगारकाे अवसर प्राप्त गर्न सक्ने बतानुभयाे ।

        कमेन्टहरु