राजनीति

    देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता

    जगत ठाडा मगर
    २०७८ माघ १४ | बिहान ११:१० बजे

      काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

      तीन शीर्ष नेताबीच आज बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा भर्खरै सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनबारे समीक्षा भएको बताइएको छ ।

      स्थानीय तहको निर्वाचन र एमसिसीका विषयमा पनि नेताहरूबीच छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएकाे छ ।

        कमेन्टहरु