मुख्य समाचार

    लमजुङमा भूकम्पको धक्का महसुस

    जगत ठाडा मगर
    २०७८ माघ १४ | बिहान ०९:१० बजे

      लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

      चिसो र रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए । भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन् । जेठ ५ गते आएको भूकम्पले केही व्यक्तिको मृत्यु हुनुका साथै धेरै धनजनको क्षति गरेको थियो ।

      त्यसयता मात्र साना–ठूला गरी १०० भन्दा बढी पटक भूकम्प गएको छ । रासस

        कमेन्टहरु