देश

    कोरोना त्रासले त्रिवि डिन कार्यालय बन्द

    जगत ठाडा मगर
    २०७८ माघ १४ | बिहान ०८:१० बजे

      काठमाडौं । कोरोना महामारी बढेसँगै त्रिभुवन विश्वविद्यालयका सेवा प्रभावित भएका छन्। विभिन्न कार्यालयबाट दैनिक रूपमा विद्यार्थीलाई दिइने सेवा प्रभावित भएका हुन्।

      त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयबाट दिने सेवा मंगलबारदेखि शुक्रबारसम्म गरिएको छ। कर्मचारीहरू संक्रमित भएपछि केही दिनका लागि सेवा बन्द गरिएको डिन प्रा.डा. कुसुम शाक्यले बताइन्।

      मानिससँग प्रत्यक्ष सम्पर्क हुँदा जोखिम बढ्ने भन्दै सेवा स्थगित गरिएको उनले बताएकी छन्। मानविकी संकायमा पनि सेवा रोक्ने तयारी गरिएको छ।

      शिक्षाशास्त्र संकायको डिन कार्यालय पनि तीन दिन बन्द भएर सोमबारदेखि सञ्चालनमा आएको छ। डिन प्रा. डा. चित्रबहादुर बुढाथोकीले बिरामी भएका कर्मचारी घरमा बस्ने र सक्नेबाट काम चलाउने गरी कार्यालय सुचारु भएको जानकारी दिएका छन्।

        कमेन्टहरु