देश

    राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

    जगत ठाडा मगर
    २०७८ माघ १३ | मध्यान्ह ०५:१० बजे

      काठमाडौं, माघ १३ गते । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

      बिहीबार दिउँसो ३ बजे शीतलनिवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिनुभयो ।

      स्वकीय सचिव अधिकारीका अनुसार भेटमा स्थानीय तहको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिनुभयो । साथै उहाँले यो नियमित भेटघाट भएको समेत बताउनुभयो ।

        कमेन्टहरु