देश

    धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु

    जगत ठाडा मगर
    २०७८ माघ १३ | मध्यान्ह ०२:१० बजे

      धरान, माघ १३ । धरानिस्थत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाभाइरस संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ ।

      मृत्‍यु हुनेमा सुनसरीको धरान नगरपालिका–११ का ४५ वर्षीय पुरूष र वडा १५ का ७२ वर्षीय पुरूष रहेका छन् । ४५ वर्षीय पुरूषको बुधबार राति पौने ९ बजे र ७२ वर्षीय पुरूषको बिहीबार बिहान पौने ८ बजे मृत्‍यु भएको प्रतिष्ठानले जनाएको छ ।

      ४५ वर्षीय पुरूषलाई माघ ६ गते र ७२ वर्षीय पुरूषलाई माघ ९ गते कोरोना पुष्टि भएको थियो । उनीहरू दुवै दीर्घरोगी तथा लिभरसम्बन्धी समस्या रहेको प्रतिष्ठानको भनाइ छ ।

        कमेन्टहरु