राजनीति

    पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ : चित्रबहादुर केसी

    जगत ठाडा मगर
    २०७८ माघ १३ | मध्यान्ह ०१:१० बजे

      काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताएका छन् ।

      बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार पनि विजयी भएका अध्यक्ष केसीले धन्यवाद दिन जारी गरेको विज्ञप्तिमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका हुन् ।

      ‘यस प्रकारको विषम राजनीतिक परिस्थितिमा प्रतिगमनका विरुद्ध कायम पाँच दलीय गठबन्धनलाई आगामी दिनहरूमा पनि निरन्तरता दिनु आजको आवश्यकता रहेको कुरामा पुनः जोड दिन चाहन्छौं’ केसीले विज्ञप्तिमा भनेका छन् ।

      राष्ट्रियसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनको संयुक्त प्रयासबाट नेकपा एमालेका उम्मेदवार पराजित हुनुले प्रतिगमनलाई परास्त गर्न र गणतन्त्रको रक्षाको संघर्षमा सहयोग पुगेको अध्यक्ष केसीले उल्लेख गरेका छन् ।

        कमेन्टहरु