देश

    पाल्पाको तिनाउ नदी किनारमा एक महिलाको शव फेला

    जगत ठाडा मगर
    २०७८ माघ १३ | बिहान ११:१० बजे

      पाल्पा, माघ १३ । पाल्पाको तिनाउ नदी किनारमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् ।

      तिनाउ गाउँपालिकामा–३ स्थित विद्युत गृहको ड्याम नजिक नदी किनारमा अन्दाजी ६०-६५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी लक्ष्मण पचभैयाले जानकारी दिए ।

      स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु