अर्थ

    तोलामा ९०० रुपैयाँले घट्यो सुनको मूल्य

    जगत ठाडा मगर
    २०७८ माघ १३ | बिहान ११:१० बजे

      काठमाडौ, माघ १३ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ ।

      नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ९०० रुपैयाँले घटेर ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै आज तेजाबी सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छ ।

      यता बिहीबार चाँदीको मूल्य पनि रु १० ले घटेको छ । बुधबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १२९० रुपैयाँमा कारोबार भएको छ ।

        कमेन्टहरु