देश

    पुलबाट खस्याे सुमाे

    नवलपुर टुडे
    २०७७ पुस ४ | बिहान ११:०९ बजे

      पुस ४,काठमाडौं ।
      काठमाडौंको नारायणटारमा पुलबाट टाटा सुमो तल खसेको छ ।
      ना १ ज ५३६३ नम्बरको सुमो आज बिहान पुलको बायाँतर्फको रेलिङ भाँच्दै करिब २० फिट तल खसेको छ । पुल मुनिको बाटोमा खसेको सो गाडीलाई र्‍याकरको सहायताले उठाइएको थियो ।

      IMG 20201219 110240 172

       

      रविन तामाङले चलाएको उक्त गाडि तीव्र गतीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।
      दुर्घटनामा मानवीय क्षति भने भएको छैन । गाडीको बम्पर र अगाडिको सिसा फुटेको छ ।

        कमेन्टहरु