देश

    राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा बुधबार सार्वजनिक गरिने

    जगत ठाडा मगर
    २०७८ माघ ११ | बिहान ०८:१० बजे

      काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा भोलि (बुधबार) सार्वजनिक गर्ने भएको छ ।

      नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा बुधबार भर्चुअलरुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए ।

      सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।

        कमेन्टहरु