समाज

    नवलपरासीको हरपुरमा सप्तचण्डी महायज्ञ स्थापना

    जगत ठाडा मगर
    २०७८ माघ १० | मध्यान्ह ०७:१० बजे

      अरमान अन्सारी
      नवलपरासी, माघ १० । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका – ६ हरपुरमा सप्तचण्डी महायज्ञ स्थापना भएको छ ।

      श्री श्री १०८ श्री सप्तचण्डी महायज्ञको उद्धघाटन लिम्बिनी प्रदेशका मन्त्री अजय शाहीले रिबन काटी तथा महायज्ञ स्थलको परिक्रमा गरी उद्धघाटन गर्नुभयो ।

      सप्तचण्डी महायज्ञमा १२१ कलश यात्रा हरपुर, प्रसौनी, बैदौली, श्रीरामपुर हुदै पश्चिम गण्डक नहरमा जल भरी महायज्ञको आरम्भ गरिएको थियो ।

      हिन्दू धर्म रक्षा र दुर्गा मन्दिर स्थापनाको लागि श्री श्री १०८ श्री सप्तचण्डी महायज्ञ शुरु गरिएको हो । उक्त महायज्ञ बिश्वभरको कोरोना कहरको रोकथामको लागि महायज्ञ गरिएको हो ।

        कमेन्टहरु