देश

    पछिल्लो २४ घण्टामा १०,३१९ जनामा कोरोना संक्रमण

    जगत ठाडा मगर
    २०७८ माघ १० | मध्यान्ह ०४:१० बजे

      काठमाडौं, माघ १० । पछिल्लो २४ घण्टामा देशभर १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

      देशभर गरिएको १६ हजार ६५४ पीसीआर परीक्षणमा ८ हजार ५४ जना र ४ हजार ५ सय ४७ एन्टिजेन परीक्षणमा २ हजार २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख ३३ हजार ६ सय २६ पुगेको छ ।

      त्यस्तै सोही अवधिमा कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५९ पुगेको छ । यसैगरी थप २ हजार ५ सय ४० संक्रमित निको भएर घर फर्केका छन् ।

      हाल नेपालमा ८२ हजार ५ सय ५० सक्रिय संक्रमित आइसोलेसन र १ सय ४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

        कमेन्टहरु