अर्थ

    सुनचाँदीको भाउ स्थिर

    जगत ठाडा मगर
    २०७८ माघ १० | बिहान ११:१० बजे

      काठमाडौं, माघ १० । आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर छ ।

      नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

      यसैगरी तेजाबी सुनको मूल्य तोलाको ९३ हजार कायम रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमै कारोबार भइरहेको छ ।

        कमेन्टहरु