मुख्य समाचार

    जनकपुरमा प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतला दहन

    जगत ठाडा मगर
    २०७८ माघ ९ | मध्यान्ह ०७:१० बजे

      बिनोद मण्डल
      सिरहा, माघ ९ । जनकपुरमा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको मधेस प्रदेश कमिटीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको बर्खास्तको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री यादवको पुतला दहन गरेको छ ।

      स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न संघीय सरकारले ढिलाइ गरेको र पदमा आसीन रहेका मन्त्रीले हिंसात्मक अभिव्यक्ति दिदा सम्म बर्खास्त नगरेको भन्दै आज पुतला दहन गरेको हो ।

      युवा संघले स्थानीय रेल्वे स्टेसनबाट दबाब र्‍याली निकाल्दै भानु चोक, शिव चोक हुँदै जनक चोकमा कोण सभामा परिणत भएको थियो । र्‍यालीमा सहभागी युवाहरूले नरसंहारवादी मुर्दावाद, रेणु यादवलाई बर्खास्त गर, हत्यारा सरकार चाहिँदैन, स्थानीय तहको निर्वाचनको मिति घोषणा गरलगायका नारा लगाएका थिए ।

      युवा संघका मधेस प्रदेश अध्यक्ष ईद मोहम्मद साफी जानी खान मधेसीले आगामी निर्वाचनमा एमाले दुई तिहाइ बहुमत ल्याउने डरले सरकारले निर्वाचनको मिति घोषणा गर्न नचाहेको आरोप लगाए । उनले हिंसात्मक अभिव्यक्ति दिने मन्त्रीलाई कारबाही नगर्ने प्रधानमन्त्रीले समेत राजीनामा दिनुपर्ने बताए ।

        कमेन्टहरु