देश

    कबिताको शिर्षक : “छाउपडी कुप्रथा”

    जगत ठाडा मगर
    २०७८ माघ ९ | मध्यान्ह ०६:१० बजे

      कबिताको शिर्षक : “छाउपडी कुप्रथा”

      हजारौं स्त्रीको ज्यान गुमेको छ, छाउपडी गोठमा
      समाजको ध्यान कैले पुग्छ, यो कुरामा ।

      बिकृर्तिला अङ्गगाली त्यहि बाटो हिड्छन
      सृष्टिको उपहार हो, किन अलग राख्छन ।

      छाउपडी अबिस्वास होइन, अनमोल उपहार हो
      ल्याउछ यसले धर्तिमा सृष्टि बहिष्कार ।

      छाउपडीलाई हेर्ने सोच बदल्नु पर्यो
      अन्ध बिश्वास क्रुतिले ठूलो क्षती गर्यो ।

      मान्छेले मान्छेलाई नगरौ बिभेद अब
      धर्तिका सन्तान हामी सबै बराबर अब ।

      रुढीबादी परम्परा प्रचलन त्यागौ
      न्याय खोजी समाजको निर्माण तर्फ लागौ ।

      छाउपडीलाई बिभेद गर्ने प्रचलन हटाउ
      हातमा हात जोडी साथमा अघि बढौ ।

      छाउपडी कुनै अन्यथा होइन, सृष्टि उपहार हो
      स्त्रीमा अब्बल शक्ति आमा बन्ने आधार हो ।

      लेखक

      ……….
      ®️©️ : शुबाश
      बुढिन्न्दा नगरपालिका, बाजुरा

        कमेन्टहरु