देश

    पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

    जगत ठाडा मगर
    २०७८ माघ ९ | मध्यान्ह ०४:१० बजे

      काठमाडौं, माघ ९ । पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ जनाको नमुना परीक्षण गरिएको थियो । जसमध्ये १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो ।

      पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको ७७ हजार ४० रहेको छ । त्यस्तै सोही अवधिमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

        कमेन्टहरु