देश

    बैतडीको सुर्नया नदीमा युवकको शव फेला

    जगत ठाडा मगर
    २०७८ माघ ९ | मध्यान्ह ०१:१० बजे

      बैतडी, माघ ९ । बैतडी जिल्लाको सुर्नया नदीमा आज एक युवकको शव फेला परेको छ । पाटन नगरपालिका–३, ४ र ६ को सीमा सैन्देउ नजिक नदी किनारमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो।

      स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पाटनका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक नरेन्द्र धामीले जानकारी दिए।

      प्रहरी टोली घटनास्थलमा गएको छ । शव पहिचानको काम तथा घटनाबारे अनुसन्धान थालिएको धामीले बताए।

        कमेन्टहरु