देश

    लागुऔषध गाँजासहित एक दम्पती पक्राउ

    जगत ठाडा मगर
    २०७८ माघ ९ | बिहान १०:१० बजे

      जनकपुरधाम, माघ ९ । सर्लाहीबाट लागुऔषध गाँजासहित एक दम्पती पक्राउ परेका छन् ।

      हरिवन नगरपालिका – ८ पुरानो बजारस्थित भित्री सडकखण्डबाट बा६८प ४९७२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट लागुऔषध बरामद गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद बुढाथोकीले बताए ।

      बुढाथोकीका अनुसार बागमती नगरपालिका-१२ बस्ने ३८ वर्षीय रुद्रबहादुर अधिकारी र पछाडि सवार उनका ३० वर्षीय पत्नी ऋचा अधिकारीको साथबाट पाँच किलो गाँजा बरामद भएको छ ।

      दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु