देश

    प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित

    जगत ठाडा मगर
    २०७८ माघ ६ | बिहान ११:१० बजे

      काठमाडौं, माघ ६ गते । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित भएको छ ।

      काठमाडौंको आकाशमा विहानैदेखि मौसमका कारण विमानस्थलामा आन्तरिक उडान सामान्य प्राभावित भएको विमानस्थलका नागरिक उड्डयन कार्यालयले जनाएकाे छ । काठमाडौंबाट उडान हुने जिल्लाहरुमा बिहानैदेखि मौसम प्रतिकूल भएका आन्तरिक उडान हुन हुन नसकेको बताइएकाे छ ।

      तर नेपालगञ्ज र पोखरामा भने उडान भइरहेको छ । विमानस्था कार्यालयले अन्तर्राष्ट्रिय उडान भने भइरहेको जनाएको छ । यता, देशको पहाडी भूभागका केही स्थानहरुका हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

      महाशाखाले जारी गरेको बुलेटिनअनुसार देशका केही स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
      देशभर अझै चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

      हाल देशमा पश्चिमी वायुको प्रभावले गर्दा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै, पश्चिम र पूर्वी तराई भेगमा हुस्सु÷कुहिरो लागेको छ । मधेस प्रदेशमा शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । त्यस्तै हिमाली जिल्लाहरूमा पनि चिसोका कारण जनजीवन प्रभावित भएको छ ।

        कमेन्टहरु