लुम्बिनी प्रदेश

    रुपन्देही प्रशासनमा अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द

    जगत ठाडा मगर
    २०७८ माघ ६ | बिहान १०:१० बजे

      बुटवल, माघ ६ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको छ ।

      जिल्लामा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै गएका कारण कार्यालयका अधिकांश कर्मचारी संक्रमित भई हाल आइसोलेसनमा रहेको र कार्यालयमा अत्याधिक भीडभाड भई थप संक्रमण फैलिन सक्ने भन्दै सेवाहरू बन्द गरिएको सूचनामा उल्लेख छ ।

      प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बुधबार सूचना जारी गर्दै शान्ति सुरक्षा, मुद्दा सम्बन्धी काम र अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरू माघ ६ गतेदेखि अर्को सूचना जारी नभएसम्म बन्द गरेको जानकारी गराएका छन् ।

      तिवारीले जारी गरेको सूचना अनुसार नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, दर्ता/नवीकरण, पेन्सन सिफारिस/प्रमाणित, नाबालक परिचय पत्रलगायतका सेवाहरू स्थगन गरिएको हो । प्रशासनले अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीका लागि खोप कार्ड अनिवार्य गरेको छ ।

        कमेन्टहरु