खेलकुद

    रुपन्देही क्रिकेट संघको अध्यक्षमा थापा निर्बाचित

    जगत ठाडा मगर
    २०७८ माघ ६ | बिहान ०७:१० बजे

      बुटवल, ०६ माघ । बुधबार भैरहवामा सम्पन्न संघको चौथो अधिवेशनबाट ६४ मतका साथ थापा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी क्रिकेटर शक्ति गौचनले ४० मत प्राप्त गरेका छन् ।

      त्यसैगरी उपाध्यक्षमा ६० मतसहित धिरज अधिकारी क्षेत्री, सचिवमा ६५ मतसहित संजय गुरुङ र कोषाध्यक्षमा ५३ मतसहित निरजप्रताप खाँण निर्वाचित भएका छन् । उनीहरुका प्रतिद्वन्दी राजु खड्काले ४४, दिपक शर्मा भुर्तेलले ३९ र दिपेन्द्र लाम्गादेले ४९ मत प्राप्त गरेका छन् ।

      क्रिकेट संघमा थापा र गौचनले प्यानल खडा गरी निर्वाचनमा होमिएका थिए । पदाधिकारीमा अध्यक्षसहित सबै थापा समूहका निर्वाचित भएका छन् । संघको महिला सदस्यमा उमा अधिकारी निर्विरोध निर्वाचत भएकी छन् ।

      अन्य सदस्यहरुमा भरत थापा, विजय सिंह ज्ञवाली, पुनित पोखरेल, निराकार पन्त, शेषमणि चौधरी, प्रथम पराजुली, मनोज भण्डारी, उदय कुमार मल्लिक, कमल पाण्डे र श्रीराम नेपाली निर्वाचित भएको निर्वाचन अधिकृत शारदा मल्लले जानकारी दिइन् ।

        कमेन्टहरु