मुख्य समाचार

    पीसीआर परीक्षणको शुल्क घट्यो

    जगत ठाडा मगर
    २०७८ माघ ५ | मध्यान्ह ०४:१० बजे

      बुटवल, ०५ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको शुल्क समायोजन गरेको छ ।

      सरकारले कोरोना भाइरसको संक्रमण परीक्षण पीसीआर शुल्क घटाएको छ। सरकारले अब सरकारी अस्पतालमा आठ सय र निजी अस्पतालमा १५ सय रुपैयाँ कामय गरेको छ।

      यसअघि कोरोना परीक्षण शुल्क सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँ रहेको थियो।

      सरकारले परीक्षण शुल्क घटाउनका लागि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा समिति गठन गरेको थियो। उक्त समितिले सरकारीमा ८ सय र निजी अस्पतालमा १५ सय सम्म बनाउन सकिने सुझाएको थियो। उक्त सुझावका आधारमा सरकारले पीसीआर शुल्क घटाएको हो।

       

       

        कमेन्टहरु