देश

    मधेस प्रदेशमा भोलि सार्वजनिक विदा

    जगत ठाडा मगर
    २०७८ माघ ३ | मध्यान्ह ०६:१० बजे

      बिनोद मण्डल
      सिरहा, ०३ माघ । मधेश सरकारको राजधानी र नाम पारित कायम भएपछि मधेस प्रदेश सरकारले भोलि (मंगलबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ।

      सोमबार(आज)बसेको प्रदेशसभा बैठकले दुई तिहाइ मतसहित मधेस प्रदेश र स्थायी राजधानी जनकपुर कायम गरेको थियो।

      प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र प्रसाद साहले नाम र राजधानी टुंगिएकाले सार्वजनिक बिदा दिने निर्णय भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

        कमेन्टहरु