देश

    सुनको मूल्य १०० रुपियाँले बढ्यो

    जगत ठाडा मगर
    २०७८ माघ ३ | मध्यान्ह ०१:१० बजे

      काठमाडौ । सोमबार सुनको मूल्यमा एक सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्दै ९२ हजार ५०० रुपैयाँ कायम भएको हो ।

      आइतबार सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै बढ्दै ९२ हजार रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

      यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा पाँच रुपैयाँले मात्र वृद्धि हुँदै एक हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

        कमेन्टहरु