देश

    सुर्खेतमा कोइला तापेर सुतेका तीन बालकसहित आमाको मृत्यु

    जगत ठाडा मगर
    २०७८ माघ २ | बिहान ०७:१० बजे

      सुर्खेत । वीरेन्द्रनगर–१० बुदबुदीमा राति कोइला बालेर सुतेका चारजना मृत फेला परेका छन् । शुक्रबार राति साढे नौ बजेतिर कोइला बालेर कोठामा सुतिरहेका आमासहित तीन बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले बताएका छन् ।

      घटनाबारे आफूहरुलाई शनिबार राति साढे सात बजेमात्रै थाहा भएको उनले बताए । उनका अनुसार ३५ वर्षीया कल्पा बुढा (बिसी), ९ वर्षीय छोरा निरज बुढा, आठ वर्षीय छोरा चिरञ्जीवी बुढा र पाँच वर्षीय सोमराज बुढाको मृत्यु भएको हो।

      कल्पाका श्रीमान कृष्णबहादुर विसी जाजरकोटको शिवालय गाउँपालिकामा कार्यरत छन् । मृतक सोमराज कृष्णका दाइका छोरा हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु