देश

    “सच्चाई”

    नवलपुर टुडे
    २०७७ मंसिर २९ | मध्यान्ह ०८:०८ बजे

      “सच्चाई”
      मेरो कलम खोस या
      कापी च्यात !
      पाईला रोक या
      हात काट!
      मलाई हिरासतमा कोच या
      जेलमा जाग!
      मेरो आखामा पट्टी बाध या
      मुखमा टाल !
      या त सुन्ने कानलाई सुन्यतामा ढाल !
      मलाई उज्यालोमा राख या
      अन्धकारमा राख !

      “सच्चाई छेकेर छेकिन्न”

      मेरो मुटुमा छुरा रोप या,
      गोलि ठोक !
      मेरो रगतमा सच्चाई बगाउ या…छोप!
      मलाई बाच्न देउ या…मार!

      “सच्चाई मारेर मारिन्न”

      तिमी मलाई थप्पड हान या
      ताली पिट !
      तिमी मसंग हार या जित !
      तिमी मलाई समर्थन गर या बिरोध गर!
      सल्लाह सुझाव मात्रै सित्तैमा पाईन्छ
      तर स्वतन्त्रता सित्तैमा पाईदैन!
      मेरो लडाइ सच्चाईको स्वतन्त्रताको निम्ति हो
      शक्तीको जितको निम्ति होइन!
      यो अन्त्य हिन सुरुवात हो !
      जसको कुनै अन्त्य छैन!
      अब तिमी हेर्दै जाउ देखाउने पालो मेरो हो!
      शक्तिको सच्चाई भित्र लुकेको ताकत !
      सच्चाईको ताकत !

      लेखक✍️ : Gyalzen Dorje Tamang
      हाल: नख्खु कारागार काठमाडौ

        कमेन्टहरु