देश

    सुनसरीमा हातहतियारसहित तीन जना पक्राउ

    जगत ठाडा मगर
    २०७८ पुस ३० | मध्यान्ह ०२:०९ बजे

      सुनसरी, पुस ३० । सुनसरीमा हातहतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका—६ का २३ वर्षीय फरियाद मियाँ अंसारी लगायत ३ जना रहेको छ ।

      उनिहरुलाई ईनरुवा नगरपालिका—३ महेन्द्र चोकबाट १ थान पेस्तोल, १ थान म्याग्जिन र ३ राउण्ड गोलीसहित बिहिवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

      हातहतियार बोकी मानिस हिँडिरहेका छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

        कमेन्टहरु