देश

    मोरङको लेटाङमा ३ नाल भरुवा बन्दुक सहित ६० वर्षीय ईन्द्र राई पक्राउ

    जगत ठाडा मगर
    २०७८ पुस ३० | मध्यान्ह ०२:०९ बजे

      मोरङ, पौष ३० । मोरङको लेटाङ नगरपालिका ९ बसन्त हरियाली सामुदायिक बनबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरिएको छ ।

      पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका ५ का ६० वर्षीय ईन्द्र बहादुर राई रहेका छन् । उनलाई आज बिहान १० बजे अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुक बोकी हिंडिरहेको अवस्थामा फेला पारेको हो ।

      उनको साथबाट प्रहरीले लोड भएको भरुवा बन्दुक-३ नाल, बारुद-२ डब्बा, गोली -१८ थान, छर्रा-५ पोका, खुकुरी-१ थान, गेटिस (गुलेली)-१ थान बरामद गरेको छ ।

      पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय लेटाङले हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

        कमेन्टहरु