देश

    देशभर थप ३५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    जगत ठाडा मगर
    २०७८ पुस २९ | मध्यान्ह ०४:०९ बजे

      काठमाडौं, पुस २९ । पछिल्लो २४ घण्टामा देशभर थप ३५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७१ जना संक्रमणमुक्त हुँदा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

      मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो । यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको छ ।

      संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ६१० पुगेको छ । अहिले देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेका छन् ।

        कमेन्टहरु