देश

    सुनसरीमा उखु लोड गर्ने क्रममा ट्याक्टरको ट्रली पल्टिएर एक जनाको मृत्यु

    जगत ठाडा मगर
    २०७८ पुस २९ | बिहान ०९:०९ बजे

      सुनसरी । सुनसरीको कोशी गाउँपालिका – ३ कोशीटप्पुमा उखु लोड गर्ने क्रममा ट्याक्टरको ट्रली पल्टिंदा एक जनाको मृत्यु भएको छ ।

      ट्रली पल्टिएर च्यापिंदा स्थानीय ४० वर्षीय कुमार उराउको मृत्यु भएको हो । हिंजो साँझ ६ बजेतिर उखु लोड गरेर डोरीले बाँध्ने क्रममा ट्रली पल्टिएर उराउ च्यापिएका थिए ।

      उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु