खेलकुद

    बार्सिलोनालाई स्तब्ध पारेर रियल मड्रिड पुग्यो फाइनलमा

    जगत ठाडा मगर
    २०७८ पुस २९ | बिहान ०८:०९ बजे

      काठमाडौ । बार्सिलोनालाई पराजित गरेर रियल मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई ३–२ ले पराजित गरेको हो । बार्सिलोनालाई पराजित गर्न रियल मड्रिडलाई अतिरिक्त समयसम्म खेल्नु परेको हो ।

      २५ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गरेर रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । एल क्लासिकोमा बार्सिलोनाका लागि ४१ औँ मिनेटमा लुक डी जोङले बराबरी गरे ।

      ७२ औँ मिनेटमा करिम बेन्जिमाले गोल गरेर फेरि रियल मड्रिडलाई अग्रता दिलाए । तर ८३ औँ मिनेटमा आन्शु फातीले बार्सिलोनाका लागि बराबरी गोल गरे ।

      खेल अतिरिक्त समयमा धकेलियो । ९८ औँ मिनेटमा फेडेरिको भाल्भेर्डीले रियल मड्रिडका लागि विजयी गोल गरेका हुन् । रियल मड्रिडले उपाधिका लागि एथ्लेटिको मड्रिड वा एथ्लेटिको बिल्बाओसँग प्रतिस्पर्धा गर्ने छ । बिहीबार दोस्रो सेमिफाइनल खेल हुनेछ । आउँदा आइतबार फाइनल खेल हुनेछ ।

        कमेन्टहरु