धर्म–संस्कृति/रीतिथिति

    टुँडिखेलमा मनाउने भनिएको मगर र थारूको माघी महोत्सव स्थगित

    जगत ठाडा मगर
    २०७८ पुस २८ | मध्यान्ह ०१:०९ बजे

      काठमाडौ । माघ १ गते थारू र मगर समुदायले टुँडिखेलमा मनाउने माघी महोत्सव स्थगित भएको छ । कोरोना बढेका कारण काठमाडौं उपत्यकामा २५ जना भन्दा बढी भेला हुन नपाइने स्मार्ट लकडाउन गरिएपछि माघी महोत्सव स्थगित गरिएको हो ।

      थारू माघी महोत्सवका सांस्कृतिक संयोजक नन्दुराज चौधरीका अनुसार टुँडिखेलको विकल्पको रूपमा अनमानगरस्थित तमु बौद्ध सेवा समितिमा कार्यक्रम गरिँदैछ । संयोजक चौधरीले भने, ‘माघ १ गते थोरै मान्छेको उपस्थितिमा कार्यक्रमलाई सामान्य औपचारिकता दिइने छ ।’

      यस वर्ष कुनै मेला महोत्सव नगरी मगर समुदायलाई घर घरमै माघी मनाउन नेपाल मगर संघले उर्दी जारी गरेको संजोग लाफा मगरले बताए । उता थरहटको जिल्ला जिल्लामा पनि घोषणा गरिएको थारू माघी महोत्सव धमाधम स्थगित हुँदैछ । माघीको अवसरमा चितवनमा गरिने खिचडा महोत्सव स्थागित भएको छ ।

      त्यस्तै, थारू कल्याणकारिणी सभा दाङबाट आयोजना गरिएको माघ महोत्सव स्थगित गरिएको जानकारी सभाका अध्यक्ष भुवन चौधरीले बताए ।

        कमेन्टहरु