अर्थ

    सुनचाँदीको मूल्य वृद्धि

    जगत ठाडा मगर
    २०७८ पुस २८ | बिहान ११:०९ बजे

      काठमाडौं, पुस २८ । आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ४०० ले र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको जानकारी दिएको हो ।

      महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ छ । भने, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ६०० र तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

      यस्तै, आज चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो मंगलबार चाँदीको प्रतितोला मूल्य १२ सय ३० रुपैयाँ थियो ।

        कमेन्टहरु