देश

    जिवनमा समानता छ

    जगत ठाडा मगर
    २०७७ मंसिर २८ | मध्यान्ह ०७:०८ बजे

      अन्तिम पत्र

      जीवन समानता छ!

      यो पत्र पढेर अप्ठ्यारो नमानी सेयर गर्दिनु होला!

      घमण्ड नगर्नुहोस!!
      जिउदा खाने भात र मर्दा जाने घाट नै हो!!!

      एक दिन
      मान्छे तिम्रो घरमा पनि आए,
      मेरो घरमा पनि आए,
      फरक यति थियो?
      तिम्रो लागि रातो सारी लिएर आए,
      मेरो लागि पहेलो पिताम्बर लिएर आए,

      तिमी पनि सिङ्गारियौ,
      म पनि सिङ्गारिए!
      फरक यति थियो?
      तिमि रातो बेहुली कपडाले सिंगारियौ,
      मलाई पहेलो कात्रोले सिंगारिए!

      मान्छे त्याबाट पनि निस्के,
      मेरो यहाबाट पनि निस्के
      फरक यति मात्र थियो?
      तिम्रो जन्ती बनेर निस्किए
      मेरो मलामि बनेर निस्के

      फुल तिमिलाइ पनि बर्साए,
      मलाई पनि बर्साए
      फरक यति मात्र थियो?
      तिमी सजिएर गयौ,
      मलाई सजाएर लगे!

      तिमी पनि घरबाट निस्कियौ,
      मलाई पनि घरबाट निकाले!
      फरक यति थियो?
      तिमी उठेर गयौ,
      मलाई उठाएर लगे!

      भिड त्यहा पनि थियो,
      यहाँ पनि थियो!
      फरक यति थियो?
      बाजा सहित हसाई त्या थियो,
      शंख सहित रुवाई यहाँ थियो!

      पण्डित तिम्रोमा पनि थिए,
      मेरोमा पनि थिए!
      फरक यति मात्र थियो?
      तिम्रो मन्त्र पढ्दै थिए,
      मेरोमा राम, राम जप्दै थिए!

      स्वागत तिम्रो पनि गरे,
      मेरो पनि गरे
      फरक यति थियो?
      तिमिलाइ जग्यमा चढाए,
      मलाई चितामा चढाए!

      आशिष तिमिलाइ पनि दिए,
      मलाई पनि दिए!
      फरक यति थियो?
      तिमिलाइ रमाउनु, खुसि हुनु भन्दै थिए,
      मलाई स्वर्गमा बाँस होस भन्दै थिए!

      आगो त्या पनि जल्यो,
      यता पनि जल्यो!
      फरक यति थियो?
      तिम्रोमा होम हालिदै थियो,
      मेरो जीवन बालिदै थियो!

      पानी त्यहा पनि थियो,
      यहाँ पनि थियो!
      फरक यति थियो?
      तिमिलाइ सात पाइला बढाएर भिजाए,
      मलाई सात पाइला सारेर बगाए!
      दुनिया तेहि थिए!
      तर
      तिमिलाइ आफ्नो बनाए
      मलाइ मारेर जलाई दिए,
      कहानी बनाए!
      जीवन तिम्रो सुरु भयो,
      मेरो अन्त्य भयो!
      भुल्दिन म तिमीलाई सयौ जुनि मरे पनि!????????

      note: १ #सियर गरि
      अन्य मर्म स्पर्शी कथा, गजल, कविता, आदि पढ्नका लागि, मसंग जोडिनु होला
      सधै म तपाईं संगै रहने छु!!????️????????

      ✍️✍️: : राज अवस्थी (कवि)
      महेन्द्रनगर, कंचनपुर

        कमेन्टहरु