देश

    पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना संक्रमण पुष्टि

    जगत ठाडा मगर
    २०७८ पुस २७ | मध्यान्ह ०४:०९ बजे

      काठमाडौं, पुस २७ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि देखिएको छ । १४ हजार ३३ जनाको नमुना परीक्षण गर्दा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

      जसमध्ये पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ५२२ पुगेको छ । यही अवधिमा थप ३१३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना सङ्क्रमणमुक्त भएका छन् ।

      त्यस्तै आज संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । योसँगै देशमा कोरोनाका कारण ज्याउन गुमाउनेको संख्या ११ हजार ६०७ पुगेका छ ।

        कमेन्टहरु