देश

    विद्यार्थीलाई आजबाट उपत्यकामा कोरोना खोप दिने

    जगत ठाडा मगर
    २०७८ पुस २७ | बिहान ०७:०९ बजे

      काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।

      मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरका जिल्लाका सबै स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्षसम्मका सबै विद्यार्थीलाई खोप लगाउने भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आजदेखि ती उमेर समूहका विद्यार्थीलाई फाइजर र मोडर्ना खोप दिइने बताए । उनले पहिलो मात्रा लगाएको चार हप्तापछि दोस्रो मात्रा खोप लगाइने बताए ।

      शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द गरे पनि स्थानीय तहको समन्वयमा विद्यार्थीलाई खोप लगाइने उनले बताए । मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिका लागि खोप लगाउन खोप केन्द्र लिएर जान अनुरोध गरेको छ ।

        कमेन्टहरु