देश

    प्रतिनिधिसभाको बैठक माघ ३ गतेलाई सारियो

    जगत ठाडा मगर
    २०७८ पुस २६ | मध्यान्ह ०३:०९ बजे

      काठमाडौं, पुस २६ । पुस २८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ ।

      संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज (सोमबार) एक सूचना प्रकाशन गरी पुस २८ गते दिउँसो १ बजे बस्‍ने बैठक विशेष कारणबस माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन् ।

      यसअघि पुस १८ मा तोकिएको बैठक माओवादी महाविधेशनका कारण सारिएको थियो । त्यसपछि २३ गते तोकिएको बैठक पनि एमालेको जिल्ला अधिवेशनका कारण भन्दै स्थगित गरिएको थियो ।

      photo 2022 01 10 01 41 43

        कमेन्टहरु